सहरमा आज : सिनेमा हलमा कति बजे कुन फिल्म?

सुस्मिता बजगाईं १३ फागुन २०७९ ७:४८
70
SHARES
सहरमा आज : सिनेमा हलमा कति बजे कुन फिल्म?

काठमाडौँ- शनिबार सार्वजनिक बिदाको दिन। कार्यालय र घरायसी कामबाट केही बेर अलग रहेर मनोरञ्जनका लागि समय दिने सोचाइमा हुनुहुन्छ भने तपाईँका लागि राजधानीका नाट्यघर, फिल्म हल र विभिन्न महोत्सवहरू उपयुक्त गन्तव्य हुन सक्छन्।

काठमाडौँ उपत्यकाका नाट्यघरमा ‘मुनमुन’ नाटक मञ्चन भइरहेको छ। फिल्म हलमा नेपाली, हिन्दी, अंग्रेजी फिल्म प्रदर्शन भइरहेका छन्। यस्तै अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव-२०७९ मा गएर विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्बिरहरू नि:शुल्क अवलोकन गर्न सकिनेछ। नाटकघरहरूमा कुन नाटक मञ्चन भइरहेका छन्? अनि फिल्म हलमा कति बजेको सोमा के देखाइँदै छ त?

मण्डलामा मुनमुन

थापागाउँस्थित मण्डला नाटकघरमा फागुन ५ गतेदेखि ‘मुनमुन’ मञ्चन भइरहेको छ। लेखक बुद्धि सागरको ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटकको लेखन र निर्देशन सम्राट् भुजेलले गरेका हुन्। नाटकमा कलाकार मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा शिवाकोटीलगायत कलाकारको अभिनय छ। शनिबार दिउँसो साढे १ बजे र सवा ५ बजे गरी दुई पटक मञ्चन हुन्छ। नाटक फागुन २० गतेसम्म मञ्चन हुनेछ।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली हिन्दी फिल्महरु विभिन्न सो मा प्रदर्शनरत छ। नेपाली फिल्ममा ‘फूलबारी’ एकल चलिरहेको छ। हिन्दीमा ‘पठान’, ‘सेहजादा’, ‘सेल्फी’, अंग्रेजीमा ‘एन्ट-म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’ छन्।

फूलबारी

फागुन ५ देखि सिनेमा हलमा ‘फूलबारी’ फिल्म प्रदर्शन भइरहेको छ। पारिवारिक कथामा बनेको फिल्ममा मुख्य कलाकार विपिन कार्की र अरुणा कार्की छन्। अन्य कलाकार दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय छ।

सामाजिक विषयवस्तुमा बनेको फिल्म रामबाबु गुरुङको निर्देशन, उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा रहेको छ। यो फिल्म हेर्न कुन हलमा कति बेला जाने त?

दरबार सिनेमाक्स : दिउँसो २ बजे र साँझ साढे ५ बजे

भक्तपुरस्थित क्यूएफएक्स : बिहान साढे ६ बजे, साढे ११ बजे, मध्याह्न साढे १२ बजे र साँझ साढे ५ बजे

क्यूएफएक्स छाया सेन्टर : बिहान ९ बजे, दिउँसो १ बजे, अपराह्न ४ बजे र साँझ ७ बजे

सिभिल मल : बिहान ९ बजे, मध्याह्न सवा १२ बजे, दिउँसो साढे ३ बजे र साँझ पौने ७ बजे

लबिम मल : बिहान साढे ६ बजे, साढे ११ बजे, साँझ ६ बजे र बेलुका ८ बजे

बौद्धस्थित एफसीयूबीई : बिहान साढे ९ बजे, ११ बजे, दिउँसो पौने २ बजे, पौने ३ बजे, सवा तीन बजे र साँझ सवा ७ बजे

कमलपोखरीस्थित बिग मुभिज : बिहान ९ बजे, साढे ११ बजे, दिउँसो १ बजे, २ बजे, साढे ४ बजे र साँझ सवा ७ बजे

सुन्धारास्थित सिने डी चिफ हल : बिहान सवा ११ बजे र पौने २ बजे

गोंगबुँ बसपार्कस्थित लोत्से मल : पौने १२ बजे, दिउँसो साढे २ बजे, सवा ३ बजे र साँझ ७ बजे

नयाँ बानेश्वरस्थित आइप्लेक्स मल : पौने १२ बजे, साँझ साढे ५ र बेलुका सवा ८ बजे

कालीमाटी ट्रेड सेन्टरस्थित वन सिनेमाघर : मध्याह्न १२ बजे, दिउँसो ३ बजे र बेलुकी ८ बजे

‘पठान’

बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा छन्। यो फिल्म जनवरी २५ तारिखदेखि प्रदर्शनमा छ।

भक्तपुरको क्यूएफएक्स : बिहान सवा ९ बजे

लबिम मल : दिउँसो सवा २ बजे

सिभिल मल : साँझ ५ बजे

कमलपोखरीस्थित बिग मुभिज :  पौने १२ बजे

सीटीसी मलअन्तर्गत सिने डी चिफ : साँझ ४:४० बजे

‘सेहजादा’

कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक रोहित देवान हुन्। यो फिल्ममा मुख्य भूमिकामा कलाकारहरू कार्तिक आर्यान, कृति सेनन र मनीषा कोइराला छन्। यो फिल्म फेब्रुअरी १७ तारिखदेखि प्रदर्शनमा छ।

क्यूएफएक्स सिनेमाक्स अन्तर्गत सिभिल मल : दिउँसो सवा २ बजे

लबिम मल : साँझ ५ बजे

सिने डी चिफ : बेलुकी पौने ८ बजे

‘सेल्फी’

हिन्दी फिल्म ‘सेल्फी’ शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी जनरामा बनेको फिल्म राज मेहताले निर्देशन गरेका हुन्। फिल्ममा अक्षय कुमार, इमरान हसमी, नुसरत भरुचा, टिस्का चोपडा, राहुल देवलगायत कलाकारको अभिनय छ।

दरबार सिनेमा हल : बिहान साढे ८ बजे, साँझ ५ बजे र बेलुका साढे ८ बजे

भक्तपुर क्यूएफएक्स : बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र साँझ ६ बजे

क्यूएफएक्स छाया सेन्टर : बिहान साढे ६ बजे, मध्यान्ह १२ बजे, साँझ ५ बजे र बेलुका सवा ८ बजे

क्यूएफएक्स लबिम मल : बिहान सवा ८ बजे, पौने १२ बजे, दिउँसो ३ बजे र बेलुका साढे ८ बजे

क्यूएफएक्स सिभिल मल : बिहान सवा ८ बजे, साँझ सवा ५ बजे

बौद्धस्थित एफसीयूबीई सिनेमाघर : बिहान ८ बजे, दिउँसो २ बजे, साढे ४ बजे र बेलुका ८ बजे

कमलपोखरीस्थित बिग मुभिज : बिहान सवा १० बजे, दिउँसो पौने ४ बजे र साँझ पौने ७ बजे

सुन्धारास्थित सीटीसी मल : बिहान ८ बजे, सवा १ बजे, साँझ साढे ४ बजे र साढे ५ बजे

लोत्से मल : बिहान साढे ८, दिउँसो साढे १ र बेलुका ८ बजे

आइप्लेक्स मल : बिहान साढे ८ बजे, दिउँसो सवा २ बजे, साँझ पौने ६ बजे र बेलुका पौने ९ बजे

कालीमाटी ट्रेड सेन्टरस्थित वन सिनेमाघर : बिहान ९ बजे, दिउँसो साढे २ बजे, साढे ३ बजे र बेलुका साढे ८ बजे

‘एन्ट-म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’

अंग्रजी फिल्म ‘एन्ट-म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’ ५ फागुनदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। प्येटन रिडले निर्देशन गरेको फिल्म कमेडी एक्सन र एडभेन्चर जनरामा बनेको छ। फिल्ममा मुख्य कलाकार पाँल रुड इभान्जेलिन लिली, जोनाथन मेजर छन्। यो फिल्म कहाँ हेर्न पाइन्छ त?

क्यूएफएक्स  दरबार सिनेमा हल : बिहान ११ बजे, दिउँसो साढे २ बजे र बेलुका ९ बजे

भक्तपुर क्यूएफएक्स : बिहान सवा ८ बजे, मध्याह्न १२ बजे, अपराह्न साढे ४ बजे

छाया सेन्टर : बिहान सवा ९ बजे, सवा ३ र सवा ६ बजे

सिभिल मल : बिहान सवा ८ बजे, दिउँसो २ बजे र बेलुका ८ बजे

लबिम मल : बिहान पौने ९ बजे र साँझ पौने ६ बजे

बिग मुभिज : दिउँसो साढे २ बजे, ३ बजे र साँझ साढे ७ बजे

सिने डी चिफ : बिहान पौने ११ बजे

लोत्से मल : बिहान ११ बजे

आइप्लेक्स मल :  बिहाने साढे ११ बजे

कालीमाटी ट्रेड सेन्टरस्थित वन सिनेमाघर : दिउँसो सवा २ बजे

फिल्म ‘स्वर्ड आर्ट अनलाइन द मुभिज- प्रोग्रेसिभ-सेरजी अफ डिप नाइट’

जापानी एनिमी जनरामा बनेको फिल्मका निर्देशक आयाको कोनी हुन्। यो फिल्म २४ तारिखदेखि नेपाल लगायत थुप्रै देशमा प्रदर्शनमा छ।

दरबार सिनेमा हल : बिहान साढे ११ बजे

सिभिल मल : साढे ११ बजे

छाया सेन्टर : पौने १२ बजे र सवा २ बजे,

लबिम मल : १२ बजे

भक्तपुर क्यूएफएक्स : दिउँसो २ बजे

कमलपोखरीस्थित बिग मुभिज : बिहान साढे ९ बजे

बौद्धस्थित एफसीयूबीई सिनेमाघर : बिहान पौने ९ बजे

सिने डी चिफ : बिहान साढे ८ बजे

लोत्से मल : बिहान साढे ७ बजे र साँझ साढे ४ बजे

आइप्लेक्स मल : बिहान ९ बजे र दिउँसो साढे २ बजे

कालीमाटी ट्रेड सेन्टरस्थित वन सिनेमाघर : बिहान साढे ९ बजे र पौने ५ बजे

अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव २०७९

ललितपुर, पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा पाँचौँ ‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव-२०७९’ चलिरहेको छ। फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि जारी महोत्सव चैत १७ गतेसम्म चल्नेछ। महोत्सवमा प्रवेश गर्न नि:शुल्क गरिएको छ। फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै फोटोग्राफरका सिर्जना प्रदर्शनमा छन्।

हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन खुला रहनेछ। महोत्सवमा नेपाल, भारत, बंगलादेश, स्विट्जरल्याण्ड, अस्ट्रेलिया, बेलायतलगायत देशका चर्चित फोटोग्राफरहरूका फोटो प्रदर्शनीमा छन्।

प्रकाशित: १३ फागुन २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =