ढाकामा नेपाल-बंगलादेश कला तथा संस्कृति महोत्सव

हिमाल प्रेस ३ चैत २०७९ १२:२२
10
SHARES
ढाकामा नेपाल-बंगलादेश कला तथा संस्कृति महोत्सव

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा नेपाल-बंगलादेश कला तथा संस्कृति महोत्सव चलिरहेको छ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको उपलक्ष्यमा महोत्सव आयोजना गरिएको हो।

पाँच दिनसम्म चल्ने महोत्सवको उद्घाटन बंगलादेशका शिक्षामन्त्री डा. दिपु मोनी र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले संयुक्तरूपमा गरेका हुन्।

बंगलादेश शिल्पकला एकेडेमीमा चलिरहेको महोत्सवले दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा सघाउने विश्वास लिइएको छ। समारोहमा बोल्दै राजदूत भण्डारीले महोत्सवले दुई देशबीचको कलात्मक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बंगलादेशका शिक्षामन्त्री मोनीले समृद्ध, जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न दुवै पक्षले गरेको प्रयासको प्रशंसा गरिन्। बंगलादेशको विदेश मन्त्रालयका सचिव शब्बीर अहमद चौधरीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक समानतालाई जोड दिँदै राजनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सांस्कृतिक कूटनीतिको महत्त्व रहेको बताए।

बंगलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दीन अहमदले दुई देशबीचको कला र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न एकेडेमीको निरन्तर सहयोग रहने वाचा गरे।

प्रकाशित: ३ चैत २०७९ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =