कांग्रेसले छान्यो ३२ जना समानुपातिक सांसद (नामसहित)

हिमाल प्रेस २४ मंसिर २०७९ २०:०८
8
SHARES
कांग्रेसले छान्यो ३२ जना समानुपातिक सांसद (नामसहित)

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसदमा ३२ जनाको नाम टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ती सांसदहरूको नाम टुंगो लगाएको हो।

समानुपातिक सांसदको नाम छनोट गरी उनीहरूको नाम निर्वाचन आयोगमा बुझाएको कांग्रेसले जानकारी दिएको छ। संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाएको छ।

कांग्रेसले खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, मधेसी पुरुषतर्फ उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारको नाम पठाएको छ। महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन्।

कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ। आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ।

यस्तै दलितबाट शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। यस्तै मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत समानुपातिक सांसदमा छनोट भएका छन्।

प्रकाशित: २४ मंसिर २०७९ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =