देउवा समूहद्वारा विभिन्न समितिका संयोजक मनोनीत

हिमाल प्रेस २९ भदौ २०८३ २०:५० | Monday, September 14, 2026
देउवा समूहद्वारा विभिन्न समितिका संयोजक मनोनीत

काठमाडौँ- नेपाली कांग्रेस इतर समूहले विभिन्न समितिका संयोजकहरू मनोनीत गरेको छ।

कांग्रेस १५ औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले केन्द्रीय अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक मनोनयन गरेका हुन्।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समिति संयोजककमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजकमा किरणराज शर्मा पौडेल मनोनीत भएका छन्।

कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: २९ भदौ २०८३ २०:५० | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast