लमजुङमा दुई वर्षमा लैंगिक हिंसासम्बन्धी ६७ घटना दर्ता

हिमाल प्रेस २३ मंसिर २०७९ १०:१५
2
SHARE
लमजुङमा दुई वर्षमा लैंगिक हिंसासम्बन्धी ६७ घटना दर्ता

लमजुङ- हिंसासम्बन्धी ६७ घटना दर्ता भएका छन् । करिब पाँच महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नौवटा अपराधका घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नौवटा उजुरी परेको हो।

कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालू आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी अपराधका चारवटा घटना भएको छ। जबर्जस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ। अवैध गर्भपतनसम्बन्धी एउटा र बाल यौन दुरुपयोगका घटना भएको श्रीमलले बताए।

आर्थिक वर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो। सो वर्ष सबैभन्दा धेरै जबर्जस्ती करणीसम्बन्धी २० वटा घटना परेको थियो। जबर्जस्ती करणी उद्योगको त्निवटा, बालविवाहसम्बन्धी एक, बहुविवाहसम्बन्धी पाँचवटा उजुरी परेको थियो। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ वटा घटना घटेको थियो । जबर्जस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो। जबर्जस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँच वटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो।

करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैंगिक हिंसासम्बन्धी अपराध भएको पाइएको छ। विगतका वर्षाभन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ। नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले जनाएको छ।

प्रहरीले हिंसा न्यूनीकरणका लागि समुदाय, विद्यालय, कलेजमा अभिमुखीकरण, अन्तरक्रिया, र्‍याली, रेडियो, टिभी कार्यक्रम, प्रहरी नागरिक हातेमालो कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दैआएको प्रनाउ श्रीमलले बताए।

 

प्रकाशित: २३ मंसिर २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =