विविधताबीचको एकता हाम्रो सौन्दर्य र शक्ति हो : मुख्यमन्त्री राई

हिमाल प्रेस २२ मंसिर २०७९ ८:१७
2
SHARE
विविधताबीचको एकता हाम्रो सौन्दर्य र शक्ति हो : मुख्यमन्त्री राई फाइल तस्बिर।

काठमाडौँ- हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना व्यक्त गरेका छन्।

किरात तथा लिम्बू मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद (जाडो) सुरु हुन्छ। यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन्।

त्यसै भएकाले यस दिन मनाइने पर्व (साकेला)लाई उधौली भनिएको हो। उधौली पर्व अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ। यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ। यो पर्वमा मौलिक वेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला (चण्डी) गीत गाउने, नाच्ने गरिन्छ।

नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ। यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ। यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ । यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ।

प्रकाशित: २२ मंसिर २०७९ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =