स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न सीटीईभीटीको अनुरोध

हिमाल प्रेस २१ मंसिर २०७९ १३:४५
4
SHARES
स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न सीटीईभीटीको अनुरोध

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न अभिभावक-विद्यार्थीलाई अनुरोध गरेको छ।

सीटीईभीटीले कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गर्ने अधिकार परिषद्समक्ष रहेकाले स्वीकृति नलिई केही शिक्षण संस्थाले विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना आह्वान गरेको पाइएकाले त्यस्ता संस्थामा विद्यार्थी भर्ना नगर्न सूचित गरेको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन स्वीकृति दिने कानुनी अधिकार परिषद् समक्ष रहेकोले परिषद्‍बाट सम्बन्धन नलिएर प्रशिक्षार्थी भर्ना गराएमा कानुनी कारबाही गर्ने विज्ञप्तिमार्फत् जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =