राजन र एलिनाको ‘मरे त सम्झना’मा सरोज र आश्मा

हिमाल प्रेस २१ मंसिर २०७९ १३:११
22
SHARES

काठमाडौँ- गायक राजन तामाङ र गायिका एलिना चौहानको स्वर रहेको ‘मरे त सम्झना’ गीत रिलिज भएको छ। गीतमा राजन र एलिनालाई अजय तामाङ, अमित परियार, पुष्पा बोहरा, रेजिना परियारले साथ दिएका छन्।

आरबी लामाको शब्द र संगीत रहेको गीतमा संगीत संयोजन रिकेश गुरुङको रहेको छ।

गीतको म्युजिक भिडियोमा ‘कार्टुन्ज क्रू’का कलाकारको अभिनय छ। भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, अनु तामाङ र आरबी लामा फिचर्ड छन्।

त्यस्तै बालकलाकार देवांशी राज्यलक्ष्मी शाह र श्रेयस तामाङ पनि म्युजिक भिडियोमा देखिएका छन्। टेकेन्द्र शाहको निर्देशनमा बनेको भिडियोको छायांकन रामकुमार केसीले गरेका हुन्। भिडियोमा कोरियोग्राफी राजीव समरको छ।

गीत राजन तामाङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =