एलिना भन्छिन्, जानेलाई रोक्ने बानी छैन

हिमाल प्रेस ७ माघ २०८० १२:०४
68
SHARES
एलिना भन्छिन्, जानेलाई रोक्ने बानी छैन

काठमाडौँ– गायिका एलिना चौहानको स्वरमा ‘जानेलाई रोक्ने बानी छैन’ बाेलको गीत सार्वजनिक भएको छ। गीतमा बिशाल निरौलाको शब्द र संगीत छ।

विदेश जाने लोभमा प्रेमिका त्याग्ने एक प्रेमीको कथा प्रस्तुत गर्न खोजिएको छ। गीतको भिडियोमा प्रकाश चन्द, अन्जु खड्गी र रितिका केसीले अभिनय गरेका छन्।

सुबास देवकोटाको निर्देशन र सम्पादन रहेको गीतको भिडियो मैफुज अन्सारीले छायांकन गरेका हुन्।

अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ राजन राईले गरेका छन्। गीत शुक्र तामाङ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =