शङ्खधर साख्वाको नाममा तीन जनालाई पुरस्कृत गरिने

हिमाल प्रेस २१ मंसिर २०७९ १२:०६
10
SHARES
शङ्खधर साख्वाको नाममा तीन जनालाई पुरस्कृत गरिने

काठमाडौँ- आगामी वर्षदेखि शङ्खधर साख्वाको नाममा तीन जनालाई एक/एक लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ।

मंगलबार भएको ‘नेपाल संवत न्हूँदँ’ विषयक विद्वत्–गोष्ठी समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आगामी वर्षदेखि शङ्खधर साख्वाको नाममा तीन जनालाई एक/एक लाख राशिको पुरस्कार दिने घोषणा गरेका हुन्।

‘नेपाल संवतको सुरुवात गर्ने शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ, यी पुरस्कार अब राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा प्रत्येक वर्ष प्रदान गरिनेछ,’ उनले भने।

साथै उनले नेपाल संवत् समुदाय विशेषको नभई सबै नेपालीको भएको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेटिएको भनिएको साख्वासँग सम्बन्धित सामग्रीका बारेमा पनि थप अध्ययन गर्न समिति गठन गरिएको उनले बताए।

प्रकाशित: २१ मंसिर २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =