पल्सर स्पोर्टस् अवार्ड : कसलाई कुन पुरस्कार?

हिमाल प्रेस २८ माघ २०८० २१:४१
12
SHARES
पल्सर स्पोर्टस् अवार्ड : कसलाई कुन पुरस्कार?

काठमाडौँ- काठमाडौँमा आइतबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम गरिएको छ। यो अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि गर्ने गर्छ।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा अवार्ड वितरण गर्ने गरिन्छ। सो अनुसार दीपक अधिकारीले उत्कृष्ट पुरुष, राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडी र चन्द्र गुरुङले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जितेका छन्।

दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए। पछाईले एसियाली क्रसकन्ट्रीको महिला १० किलोमिटर र टिम इभेन्टमा गरी दुई रजत पदक जितेकी थिइन्।

नेपाली खेलाडीले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्दा उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व प्रशिक्षकको हैसियतमा गुरुङले गरेका थिए। यस्तै यू-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भए। टेबल टेनिसकी सिक्का सुवालले पिपल्स च्वाइस अवार्ड जितिन्।

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकसँगै पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाए।

लाइफटाइम एचिभमेन्ट अवार्डबाट भारोत्तोलनका राजेन्द्रकुमार प्रधान, स्पेसल अवार्डबाट खेल अभियन्ता सुदर्शन रञ्जित, पारा एथलिट अवार्डबाट पारा ओलम्पियन मैयाँ बिसुंखे तथा एसियाली खेल पत्रकार सम्मानबाट रेमन्ड चु सम्मानित भए। उनीहरूले जनही ५० हजार रुपैयाँ पाएको आयोजकले जनाएको छ।

सबै तस्बिर : दिपेश श्रेष्ठ

प्रकाशित: २८ माघ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =