बक्सिङको १६ लाख ८० हजार पुरस्कार रकम निकासा

हिमाल प्रेस २० कार्तिक २०८० २०:४८
8
SHARES
बक्सिङको १६ लाख ८० हजार पुरस्कार रकम निकासा

काठमाडौँ- थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु-२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

खेलकुद विकास नियामवली-२०७९ मा व्यवस्था भए बमोजिमको पुरस्कार रकम अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए। पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्यपदक जितेको थियो। सुष्मा तामाङले नेपाललाई रजत पदक दिलाएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कास्य जितेका थिए।

सुष्माले ६ लाख रुपैयाँ तथा बाँकी तीन खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही एक लाख ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार पनि निकासा गरेको थियो। रासस

प्रकाशित: २० कार्तिक २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =