क्रिकेट विश्वकप विजेताले कति रुपैयाँ पाउँछ?

हिमाल प्रेस २ मंसिर २०८० १५:३४
38
SHARES
क्रिकेट विश्वकप विजेताले कति रुपैयाँ पाउँछ?

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ को फाइनल खेल आइतबार हुँदैछ। गुजरातस्थित नरेन्द्र मोदी स्टेडियममा हुन लागेको फाइनलमा भारत र अस्ट्रेलिया पुगेका छन्।

सन् २००३ को विश्वकप फाइनल खेलिसकेका दुवै टिम फेरि फाइनल ट्रफी उचाल्ने दाउमा छन्। सन् २००३ को विश्वकप अस्ट्रेलियाले जितेको थियो। यसपटक पनि दुवै टिम परिपक्व खेलाडीले भरिपूर्ण छ। दुवै टिमका ब्याटर तथा बलर निकै फर्ममा रहेका यसअघि भएका लिग चरणका खेलबाट प्रष्ट भइसकेको छ।

यसैबीच विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले ट्रफीसहित कति पुरस्कार पाउँछन् भन्ने जिज्ञासाको विषय बनेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍ (आईसीसी)ले यसअघि नै घोषणा गरेअनुसार फाइनल जित्ने टिमले ४० लाख अमेरिकी डलर अर्थात करिब ३३ करोड भारतीय रुपैयाँ पाउनेछ।

त्यस्तै फाइनलमा हार्ने टिमले २० लाख अमेरिकी डलर अर्थात करिब साढे १६ करोड भारतीय रुपैयाँ पाउनेछ। सेमिफाइनलबाट बाहिरिएका न्युजिल्याण्ड र साउथ अफ्रिकाले ८-८ लाख डलर पाएका छन्।

लिग स्टेजमा प्रतिजित ४० हजार डलर तथा पहिलो हुने ६ टिमले १-१ लाख डलर पाउने घोषणा आईसीसीले यसअघि नै गरेको थियो।

प्रकाशित: २ मंसिर २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =