
काठमाडौँ- एमालेका विष्णु पौडेलले चुनाव जितेको क्षेत्र रुपन्देही-२ मा पुन:मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले पुन:मतदानको माग गर्दै रिट दायर गरेका हुन्।
मंगलबार दायर भएको रिटमा निर्वाचन अधिकृतको कार्यालयले एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित तबरले निर्वाचित भएको घोषणा गरेको उल्लेख छ। रिट निवेदक पौडेल एमालेका पौडेलसँग १३ सय ७० मतले पराजित भएका थिए। विष्णु पौडेलको २७ हजार १६५ मत छ भने स्वतन्त्र पार्टीका गणेश पौडेलको २५ हजार ७९५ छ।
उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही-२, निर्वाचन आयोग,निर्वाचित सांसद विष्णु पौडेलसहितलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
प्रकाशित: २० मंसिर २०७९ १९:४२
प्रतिक्रिया
यो डलरवादीले के को मतदान मागेका हुन ।