संविधान दिवस मनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

हिमाल प्रेस १ असोज २०८३ १६:३० | Thursday, September 17, 2026
संविधान दिवस मनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा (एमाले) ले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन्।

महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ-आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेको एमालेले जनाएको छ।

एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको छ।

प्रकाशित: १ असोज २०८३ १६:३० | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast