अवैध गाँजासहित २ जना पक्राउ

हिमाल प्रेस १९ मंसिर २०७९ १२:१५
4
SHARES
अवैध गाँजासहित २ जना पक्राउ प्रतीकात्मक तस्बिर।

सर्लाही- सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन्। मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ किलो ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित: १९ मंसिर २०७९ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =