अवैध बन्दुकसहित वृद्धलाई पक्राउ

हिमाल प्रेस १९ मंसिर २०७९ ६:५०
4
SHARES
अवैध बन्दुकसहित वृद्धलाई पक्राउ

नुवाकोट- अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिब एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रकाशित: १९ मंसिर २०७९ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =