खड्का-राउत भेट, सरकार गठनबारे छलफल

हिमाल प्रेस १८ मंसिर २०७९ २१:५९
16
SHARES
खड्का-राउत भेट, सरकार गठनबारे छलफल

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेटवार्ता भएको छ। आइतबार गल्फुटारस्थित खड्का निवासमा भएको भेटमा आगामी सरकार गठन र नयाँ बन्न सक्ने सत्तागठबन्धनका विषयमा कुराकानी भएको छ।

हालै सम्पन्न निर्वाचनपछि मधेश प्रदेश र संघीय संसद्‍मा निर्णायक मानिएको जनमत पार्टी आगामी सरकारमा सहभागी हुने, नहुने भन्नेमा खड्काले जिज्ञासा राखेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

‘भेटमा निर्वाचनको समीक्षा गरिएको छ। साथै दुई पार्टीबीच सहकार्य गरेर आगामी सरकारमा जाने या नजाने विषय र समसामयिक एजेन्डामाथि दुई नेताबीच छलफल भएको छ,’ स्रोतले जनाएको छ। भेटमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुवै नेताले आपसमा बधाई साटासाट गर्दै आगामी सफल कार्यकालको शुभकामना व्यक्त गरेको बताइएको छ।

प्रकाशित: १८ मंसिर २०७९ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =