बंगलादेशमा वायुप्रदूषणले शारीरिक र मानसिक समस्या निम्त्यायो

हिमाल प्रेस १८ मंसिर २०७९ २१:३९
8
SHARES
बंगलादेशमा वायुप्रदूषणले शारीरिक र मानसिक समस्या निम्त्यायो

काठमाडौँ– उच्चस्तरको वायुप्रदूषणको सम्पर्कमा आउँदा बंगलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित भएका छन्।

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा संक्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायुप्रदूषण तथ्यांक निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ।

अध्ययनले ढाका सहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायुप्रदूषणको उच्चतम स्तर रहेकोसमेत पत्ता लगाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =