सत्ता गठबन्धन टुटेको दिन सबैको भलो हुनेछ : अब्दुस मियाँ

हिमाल प्रेस १८ मंसिर २०७९ १६:३१
1.2k
SHARES
सत्ता गठबन्धन टुटेको दिन सबैको भलो हुनेछ : अब्दुस मियाँ

काठमाडौँ- नेकपा एमालेका नेता तथा गोरखा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अब्दुस मियाँले अहिलेको वर्तमान सत्ता गठबन्धन टुट्नु नै देश र जनताको हितमा हुने बताएका छन्। उनले वाम एकता गर्नुपर्नेतर्फ नेताहरूको ध्यानाकर्षण गराउँदै अहिलेको गठबन्धनलाई अप्राकृतिक भएको बताएका हुन्।

‘गठबन्धन कि स्पष्ट गन्तव्यसहितको बाम एकता? मुख्य रुपमा नेपाली कांग्रेस र माओवादी जुन किसिमको अप्राकृतिक गठबन्धनमा टाँसिएर बसेका छन्, यसको कुनै गन्तव्य छैन। यो गठबन्धन तेल र पानी बीचको जस्तो हो, जो संगै हुँदा पनि साथ हुँधैनन्, हुन सम्भव छैन,’ उनले भने, ‘
यो गठबन्धन जुन दिन टुट्छ, त्यस दिन गठबन्धनमा रहेका सबै पार्टीका सदस्यले आनन्दको सास फेर्नेछन्। साँच्चै भन्ने हो भने यसले देश, दल र नागरिक सबैको भलो गर्नेछ।’

उनले नेताहरूालई एकपटक वाम एकताको प्रयास गर्न पनि आग्रह गरे। ‘बामपन्थी राजनीति गर्ने देशभरका सबै पार्टीका सबै नेताहरुलाई मेरो अनुरोध छ,’ उनले भने, ‘एकपटक घोत्लिएर आत्मसमिक्षा गर्नुस् र फेरि एकपटक ऐतिहासिक वाम एकताको प्रयास गर्नुस्। एउटा बलियो वाम शक्तिको निर्माण आजको राजनीतिको अनिवार्यता हो भन्ने कुरा कसैबाट छिपेको छैन।’

उनले वाम एकता हुन सके देशमा स्थायी सरकार बन्ने र अपेक्षाकृत विकास हुने पनि विश्वास व्यक्त गरे।

प्रकाशित: १८ मंसिर २०७९ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =