कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरूको नाम

हिमाल प्रेस १८ मंसिर २०७९ १६:१२
792
SHARES
कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरूको नाम

काठमाडौँ- नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तर्घात गर्नेहरूको सूची माग गरेको छ। कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेहरूको सूची माग गरेको हो ।

‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने  र यदी जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्नेछ’ अनुशासन समितिका प्रेम केसीले जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ मंसिर २०७९ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =