स्वतन्त्र पार्टीका मकवानपुर सभापतिलाई कारबाहीको माग गर्दै उजुरी

हिमाल प्रेस १८ मंसिर २०७९ १४:०१
54
SHARES
स्वतन्त्र पार्टीका मकवानपुर सभापतिलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेको जिम्मेवारी खोस्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। मंसिर ४ मा सम्पन्न निर्वाचनमा गलत काम गरेको आरोप लगाउँदै ४७ जना नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्।

निवेदनमा सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिकतर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेट गराएको र आफ्नो पार्टीलाई आउने भोटमा नोक्सान पुर्‍याएको आरोप लगाइएको छ। विवाद बढेपछि आज अपराह्न ४ बजे जिल्ला कार्यसमितिको बैठक पनि डाकिएको छ। मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।

‘यस पार्टीको महत्वपूर्ण व्यक्ति जिल्ला सभापति राजकुमार न्यौपानेबाट निर्वाचनको अन्तिम समयमा हाम्रा समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारी फरक पार्टीका उम्मेदवारको घरमा लगि मिटिङ गराएको कुरा पार्टीको समीक्षा बैठकमा स्वयम् नुरमान प्रजाकै मुखबाट स्पष्ट राखेको र सो कार्यबाट पार्टी र उम्मेदवारलाई ठूलो क्षति भएको हुँदा यस्तो कार्य गर्ने सभापतिबाट भोलिका दिनमा संगठन र पार्टीको प्रतिष्ठा कसरी बच्छ र बचाउन सकिन्छ?’ निवेदनमा भनिएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =