सबै दलसँग वार्ताका लागि एमाले तयार : सुवास नेम्वाङ

हिमाल प्रेस १६ मंसिर २०७९ १७:०४
8
SHARES
सबै दलसँग वार्ताका लागि एमाले तयार : सुवास नेम्वाङ सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सबै राजनीतिक दलसँग वार्ता र संवादका लागि एमाले तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत विषयमा एमाले सबै दलसँग वार्ता र संवादका लागि तयार रहेको उनको भनाइ छ।

जनादेशअनुरूप टुंगोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर एमालेले सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको उनले जानकारी दिए।

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ।’

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए।

‘अब त्यो चरण सकियो। हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ,’ उनले भने।

एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुनसक्ने उनले संकेत गरे।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने स्पष्ट पारे।

प्रकाशित: १६ मंसिर २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =