मूल्यवृद्धि १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

हिमाल प्रेस १६ मंसिर २०७९ १७:११
4
SHARES
मूल्यवृद्धि १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण राष्ट्र बैंक

काठमाडौँ– चालु आर्थिक वर्षमा मूल्यवृद्धि तोकिएको सीमाभन्दा बढी हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षभित्र मूल्यवृद्धि १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो।
सरकारले चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको छ। तर पहिलो त्रैमासमा ८.५ प्रतिशत पुगिसकेको छ।

राष्ट्र बैंकले २०७९ असोज २३ देखि २९ गतेसम्म ६० बजारक्षेत्रका २ हजार ४० व्यक्तिसँग अन्तवार्तामार्फत अध्ययन गरेको थियो ।

खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि तिव्र हुने अध्ययनले देखाएको छ। गेडागुडी, दाल, चिनी तथा मसाला, गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि पनि १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण छ।

प्रकाशित: १६ मंसिर २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =