आङ सान सू चीलाई थप सात वर्ष जेलसजाय

हिमाल प्रेस १६ पुष २०७९ ७:५७
2
SHARE
आङ सान सू चीलाई थप सात वर्ष जेलसजाय C

सैनिक शासन रहेको म्यान्मारको एउटा अदालतले नेत्री आङ सान सू चीलाई थप सात वर्ष जेलसजाय सुनाएको छ। योसँगै उनले जेलमा बिताउनुपर्ने कुल समयावधि अब ३३ वर्ष पुगेको छ। प्रजातान्त्रिक रूपमा निर्वाचित सू ची सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता लिएदेखि घरमै नजरबन्दमा थिइन्।

उनले विभिन्न १९ वटा अभियोगबारे १८ महिनादेखि सुनुवाइको सामना गर्दैआएकी छन् । ती सुनुवाइ निष्पक्ष नरहेको अधिकारकर्मीहरूको भनाइ छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत साता उनलाई रिहा गर्न आह्वान गरेको थियो।

शुक्रवार उनीमाथि लागेका अन्तिम पाँच आरोप सम्बन्धित सजाय सुनाइएको छ। सरकारी मन्त्रीका लागि हेलिकप्टर भाडामा लिँदा आवश्यक नियम पालना नगरेको विषयमा सू चीले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। उनलाई यसअघि नै कोभिड नियम तोडेको, घरमा प्रतिबन्धित वाकीटकी राखेको र आधिकारिक गोपनीयतासम्बन्धी ऐन उल्लंघन गरेको लगायत १४ मुद्दामा दोषी ठहर गरिएको थियो।

यस वर्ष उनको सुनुवाइ गोप्य रूपमा हुने तय गरिएको छ । उनका वकिलहरूलाई पनि पत्रकारहरूसँग बोल्न प्रतिबन्ध लगाइएको छ। सू चीले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दैआएकी छन् ।

सतहत्तर वर्षीया नोबेल पुरस्कार विजेता नेत्री सू चीले आफ्नो अधिकांश समय राजधानी शहरमा नजरबन्दमा बिताएकी छन् । सू ची र उनको दलका धेरै सदस्य ती १६ हजार मानिसमध्येका हुन् । जसलाई जुन्टाले सत्ता कब्जा गरेपछि पक्राउ गरेका थिए । राजनीतिक कैदीहरूका लागि सहयोग सङ्घ ९बर्मा० का अनुसार हाल पक्राउ परेकामध्ये १३ हजार व्यक्ति हिरासतमा छन्। गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारमा हिंसा अन्त्य गर्न र सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न आह्वान गरेको थियो।

प्रकाशित: १६ पुष २०७९ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =