मपवि स्कूल अफ ल ले प्राप्त गर्‍यो तीन विघा जग्गा

हिमाल प्रेस १४ पुष २०७९ १६:५०
12
SHARES
मपवि स्कूल अफ ल ले प्राप्त गर्‍यो तीन विघा जग्गा

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले एमयू ग्राजुएट स्कुल अफ ल स्थापनाका लागि ३ विघा जग्गा प्राप्त गरेको छ। मपविका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले ग्राजुएट स्कुल अफ ल का लागि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप संचालन गर्ने तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौता पत्रमा वीरेन्द्रनगर नगरपालिका राष्ट्रिय आधारभूत विद्यालय र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिले सम्झौता मितिकै दिन देखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण गर्ने उल्लेख छ।

सम्झौता कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पूर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्राजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर विक लगायतले सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: १४ पुष २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =