शैक्षिक संस्थालाई अब्बल बनाए हजारौंँ विद्यार्थी विदेशिने क्रम रोकिन्छ : प्राडा सिंह

हिमाल प्रेस २१ साउन २०८० १९:०२
122
SHARES
शैक्षिक संस्थालाई अब्बल बनाए हजारौंँ विद्यार्थी विदेशिने क्रम रोकिन्छ : प्राडा सिंह

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले नेपालको शैक्षिक संस्थाहरूलाई अब्बल बनाए हरेक वर्ष हजारौँको संख्यामा विद्यार्थी विदेशिने क्रम रोकिने बताएका छन्।

मोर्गन इन्टरनेसनल कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै राम्रा शैक्षिक संस्थाहरूलाई विशेष सहयोग उपलब्ध गराएर नेपाली विद्यार्थी विदेशिन रोक्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

‘अस्ट्रेलिया र जापानमा तेस्रो ठूलो संख्या नेपाली विद्यार्थीको छ। विदेशमा अध्ययनको नाममा खर्बौँ रूपैयाँ विदेश पठाइरहेका छौँ,’ उनले भने, ‘त्यो लगानी नेपालको शैक्षिक क्षेत्रमा हुने हो भने विश्वस्तरीय शैक्षिक संस्था नेपालमै बन्न सक्छ।’

मोर्गन इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले मोर्गनका दर्जनौँ विद्यार्थीले हरेक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको प्रवेश परीक्षामा नाम निकाल्नुले नै यसको गुणस्तर प्रमाणित गरेको बताए।

कलेजले शुक्रबार नवआगन्तुक विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। कलेज प्रशासनका अनुसार कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानुन अध्ययनका लागि करीब एक हजार विद्यार्थी भर्ना भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =