मध्यपश्‍चिम विश्‍वविद्यालय स्ववियु सभापतिमा नौ जना भिड्दै

हिमाल प्रेस २१ फागुन २०७९ २०:१६
6
SHARES
मध्यपश्‍चिम विश्‍वविद्यालय स्ववियु सभापतिमा नौ जना भिड्दै

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विधार्थीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका छन्। चैत ३ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमा उम्मेदवारी दिएका छन्।

निर्वाचनमा नेवि संघ, अनेरास्वियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियूलगायत विधार्थी संगठनले उम्मेदवारी दर्ता गराएका हुन्। एकजना सभापतिका लागि नौ जनाको उम्मेदवारी परेको छ।

सभापतिको लागि नेविसंघका रोशन बस्नेत, अनेरास्ववियुका प्रकाश भुसाल, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका मिलन विसी र अखिल क्रान्तिकारी ममता अधिकारीले उम्मेदवारी दिएका छन्।

यस्तै सचिवमा पनि नौ जनाको उम्मेदवारी दर्ता भएको छ। सचिवमा नेविसंघबाट भुपेन्द्र आचार्यले उम्मेदवारी दिँदा अनेरास्वियुकाका भुपेन्द्र भन्डारी, चित्रबहादुर सहकारीलगायत ९ जानले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूविरुद्ध २४ गतेसम्म उजुरी दिन सकिने छ भने अन्तिम नामावली २५ गते प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ भने सदस्यमा ३० जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ।निर्वाचनमा ४ हजार ८ सय २९ जना विधार्थीले मत हाल्न पाउने भएका छन्।

मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक-प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो। विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियु निर्वाचन हो। विश्वविद्यालय स्थापनापछि १ पटक मात्र स्ववियु संगठन बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =