सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

हिमाल प्रेस १४ पुष २०७९ ९:५४
4
SHARES
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ- सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने लगायतको उपस्थिति छ।

सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरू पदको भागबन्डा टुंगिएको छैन।

राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ।

प्रकाशित: १४ पुष २०७९ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =