राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने आयोगको तयारी

हिमाल प्रेस १२ पुष २०७९ १७:३९
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने आयोगको तयारी निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा छलफल भएको जनाएको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल भएको बताए। उनले भने,‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा छलफल भएको छ।

आयोगले छिट्टै निर्णय गर्छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भएको उनको भनाइ छ।

आयोगले दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने फरकफरक मितिमा हुने आयोगले जनाएको छ।

प्रकाशित: १२ पुष २०७९ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =