अर्थमा विष्णु पौडेलको ‘इन्ट्री’ले सेयर बजार हरियाली

हिमाल प्रेस १२ पुष २०७९ १५:१८
18
SHARES
अर्थमा विष्णु पौडेलको ‘इन्ट्री’ले सेयर बजार हरियाली फाइल तस्बिर- रासस

काठमाडौँ- सोमबार नयाँ अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले कार्यभार सम्हाले। त्यसअघि आइतबार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएसँगै अर्थमन्त्रीमा उनको नाम चर्चामा थियो।

त्यही चर्चाले सोमबार पनि सेयर बजार भारी अंकले बढ्यो। अघिल्लो हप्ता स्थिरजस्तै रहेको बजार सोमबार एकाएक ५७ अंकले उकालो लाग्यो। आज मंगलबार पनि सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ।

सोमबार साँझ बसेको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सेयर बजार सुधारमा नीतिगत पहल गर्ने निर्णय गरेको थियो। यसले पनि सेयर बजारमा उत्साह थपेको छ।

पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका हुन्। उनी २०७२ र २०७७ मा अर्थमन्त्री हुँदा दुवैपटक नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड राखेको थियो। यही मनोविज्ञानले सेयर बजारमा हरियाली छाएको देखिन्छ।

आज बिहान नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी अर्थमन्त्रीलाई बधाई दिन र अर्थतन्त्र सुधारका लागि सुझाव दिन पुगेका थिए। उनीहरूसँग पनि मन्त्री पौडेलले सेयर बजार सुधारमा पहल गर्ने बताएका थिए। पौडेल व्यवसायीहरूसँग निकट सम्बन्ध भएका नेताको रूपमा चिनिन्छ।

आज ५९.८७ अंकले बढ्दै परिसूचक १९८४ बिन्दुमा उक्लिएको छ। मंगलबार कारोबार रकममा पनि सुधार देखिएको छ। २६१ कम्पनीको १ करोड २० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: १२ पुष २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =