रोल्पा : स्थानीय तहद्वारा जग्गाको वर्गीकरण

हिमाल प्रेस १२ पुष २०७९ ९:०७
2
SHARE
रोल्पा : स्थानीय तहद्वारा जग्गाको वर्गीकरण

रोल्पा- रोल्पाका दस स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन्।
यसका लागि संघीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन्।

‘सरकारले गत मंसिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो। स्थानीय तहले हालका लागि जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्’, नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, ‘गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ।’

तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक सबै प्रकारको वर्गीकरण गर्नुपर्ने उनको भनाइ छ। भू–उपयोग नियमावली, २०७९ अनुसार गैरकृषि क्षेत्रलाई आवासीय, व्यासायिक, औद्योगिक, खनिज तथा खानी, वन, नदी खोला ताल तथा सिमसार, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र,सरकारद्वारा आवश्यकतानुसार तोकिएको अन्य क्षेत्र गरी तोकिएको छ।

जग्गाको वर्गीकरणसँगै अब जग्गाको कित्ताकाटसमेत सुरु भएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण समयमै नगर्दा लामो समयसम्म कित्ताकाट रोखिएको थियो।

‘अब कृषि क्षेत्रका लागि कम्तीमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रका लागि कम्तीमा एक सय ३० वर्गमिटर क्षेत्रफल भएको जग्गा कित्ताकाट हुन्छ’, नापी अधिकृत चौधरीले भने।

प्रकाशित: १२ पुष २०७९ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =