नक्कली नोट र अवैध सामग्रीसहित धनगढीबाट ५ जना पक्राउ

हिमाल प्रेस ११ पुष २०७९ २१:१६
10
SHARES
नक्कली नोट र अवैध सामग्रीसहित धनगढीबाट ५ जना पक्राउ पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर- हिमाल प्रेस

धनगढी– कैलालीको धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन्। १ लाख ४२ हजार रुपैयाँ बराबरको नक्कली नोट, अवैध बाघको हड्डी र जडीबुटीसहित धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्कबाट कैलाली प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला कैलाली चुरे गाउँपालिका ६ का ५५ वर्षीय लाल साउँद, राजपुरस्थित एस एस होटेलमा बसेका दार्चुला लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटी शिखर नगरपालिका १० का ३० वर्षीय करन सिंह धामी, डोटीकै बडिकेदार गाउँपालिका १ बस्ने ५० वर्षीय मोहनसिंह बोहरा र डोटी शिखर नगरपालिका १० का १९ वर्षीय टेकेन्द्र धामी रहेको प्रहरीले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनअगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले परिचालन गरेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ पुष २०७९ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =