प्रदेश १ सभाको प्रथम अधिवेशन आह्वान सिफारिस गर्ने निर्णय

हिमाल प्रेस ११ पुष २०७९ १९:०२
12
SHARES
प्रदेश १ सभाको प्रथम अधिवेशन आह्वान सिफारिस गर्ने निर्णय सोमबार मुख्यमन्त्री राईको नेतृत्वमा बसेको बैठक। तस्बिर-विवेश विवश रेग्मी/ हिमाल प्रेस

इटहरी– प्रदेश १ मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले आइतबार (१७ गते) प्रदेशसभाको प्रथम अधिवेशनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आइतबार अपराह्न १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रथम अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले बताए। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार मन्त्रिपरिषद्ले अधिवेशन आह्वानको निर्णय गरेको हो।

प्रकाशित: ११ पुष २०७९ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =