मन्त्रीका बारेमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक जारी

हिमाल प्रेस ११ पुष २०७९ ९:२५
6
SHARES
मन्त्रीका बारेमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको निर्णय लिन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरूबारे छलफल भइरहेको छ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =