बालेन भन्छन् : राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा, प्रजा सास्तीमा

हिमाल प्रेस १० पुष २०७९ १८:३९
222
SHARES
बालेन भन्छन् : राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा, प्रजा सास्तीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने सबै एकै ठाउँमा भएर सरकार बनाएको प्रति टिप्पणी गरेका छन्।  सामाजिक सञ्जालमार्फत बालेनले जनतालाई भने सधैँ सास्ती भइरहेको बताएका हुन्। ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने,र राजा मार्छु भन्ने तीनवटै सरकारमा,’ उनले भने, ‘हामी प्रजा सधै सास्तीमा।’

बालेनले भने जस्तै राजा फर्काउँछु भन्ने राप्रपा, राजा चाहिन्न एमाले र राजा मार्छु भन्ने माओवादी मिलेर नयाँ सरकार बनेको छ। नयाँ सरकारको प्रधानमन्त्री भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन्। उनी आज प्रधानमन्त्री नियुक्त भए। उनको शपथ भने भोलि अपराह्न चार बजे हुँदैछ।

प्रकाशित: १० पुष २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =