नेपालको चुच्चे नक्सा चीनले स्वीकार नगरेको भन्दै बालेनले स्थगित गरे भ्रमण

हिमाल प्रेस १४ भदौ २०८० १६:०७
8
SHARES
नेपालको चुच्चे नक्सा चीनले स्वीकार नगरेको भन्दै बालेनले स्थगित गरे भ्रमण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चीन भ्रमणसमेत रोकेका छन्। उनले मन्त्रिपरिषद्‌बाट निर्णय स्वीकृत भइसकेको भ्रमणलाई स्थागित गरेका हुन्। नेपालले जारी गरेको चुच्चे नक्सलाई चीनले वेवास्ता गरेपछि उनी चीनसँग दुखी भएका हुन्।

नेपालको नक्सा बुच्चे छैन तर किन बुच्चे देखाइयो भन्दै सामाजिक सञ्जालमार्फत उनले आक्रोश पोखेका छन्। अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपालको नयाँ नक्सालाई समेटेको थिएन।

नेपालले २०७७ जेठ ७ भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक मात्र गरेन संविधानमा नै राख्यो।

पहिले पनि लिपुलेकको भाग भारतले आफ्नो हो भन्दै दाबी गर्दा चीनले समर्थन गरेको र पछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले चीनलाई कूटनीतिक नोट नै लेखेपछि आफूलाई त्यसबारेमा जानकारी नभएको जवाफ दिएको थियो।

यसपटक त चीनलाई सबै विषय जानकारी हुँदा हुँदै पनि किन उसले चुच्चे नक्सा स्वीकार गरेन भन्दै चीनविरुद्ध आवाज बुलन्द बनाउन बालेन अघि बढेका छन्।

चीनले जारी गरेको नयाँ राजनीतिक नक्सामा पूरै अरुणचल र दक्षीण चीन सागरसम्मको दाबी रहेको छ। यसलाई नेपालको कूटनीतिक लविङ कमजोर हुँदाको अवस्थाको रुपमा पनि हेर्न सकिन्छ।

‘नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ’, उनले भनेका छन्, ‘त्यसैले आज (बिहीबार) चीनको निमन्त्रणामा हुँदै गरेको मेरो पाँच दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

प्रकाशित: १४ भदौ २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =