बालेनले भने : सरकारले जग्गा दिए रंगशाला बनाउन पहल गर्छु

हिमाल प्रेस १९ भदौ २०८० ११:२६
2
SHARE
बालेनले भने : सरकारले जग्गा दिए रंगशाला बनाउन पहल गर्छु

काठमाडौँ- काठमाडौं महानगरका प्रमुख बालेन शाहले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने प्रतिक्रिया दिएका छन्।

नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका शाहले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेर सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्ने बताएका हुन्।

‘यस्तो मात्रै रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुन सक्छ’, श्रीलंकाको रंगशालाको उदाहरण दिँदै उनले भनेका छन्, ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ।’

उनले नेपाल र भारतबीच खेल भएको रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै तर केही सुविधा मात्र बढी भएको टिप्पणी गरेका छन्। त्यतिको रंगशाला जग्गा बाहेक ८०(९० करोडमा नै बन्ने उनको अनुमान छ।

प्रकाशित: १९ भदौ २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =