एमाले प्रदेश १ संसदीय दल नेतामा हिक्मत कार्की

हिमाल प्रेस १० पुष २०७९ १६:२०
8
SHARES
एमाले प्रदेश १ संसदीय दल नेतामा हिक्मत कार्की

इटहरी- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत रूपमा चयन भएका छन्। आइतबार (आज) १ बजेदेखि विराटनगरमा बसेको एमालेको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

यसअघि तीलकुमार मेन्याङ्बोको पनि नाम आएको थियो । तर, उनै मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की संसदीय दलको नेता चुनिएका हुन्।  यसअघि शेरधन राई मुख्यमन्त्री हुँदा कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

प्रकाशित: १० पुष २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =