कोभिड बढ्न नदिन भारतमा सतर्कता

हिमाल प्रेस ७ पुष २०७९ ७:२८
4
SHARES
कोभिड बढ्न नदिन भारतमा सतर्कता

काठमाडौँ- भारतले आफ्नो देशमा सतर्कता अपनाएको छ। भारतीय सरकारले देशमा भेटिएका सबै संक्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।

केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला संक्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष संक्रमणदर न्यून छ।

सरकारी तथ्यांकानुसार सातामा १ हजार २०० को संख्यामा कोभिड संक्रमित देखिएका छन्। भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेको जनाइएको छ।

गत मंगलबार केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड संक्रमण भएका बिरामीहरूबाट नमुना संकलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको थियो। सो निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्दैआएको छ।

भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले कोभिड फैलिन नदिन थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग छलफल गरेका छन्।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि रहेको छ। सरकारी तथ्यांकानुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका छन्। विज्ञहरूले भने कोभिडका कारण ज्यान गुमाउनेहरूको वास्तविक संख्यामा सरकारी तथ्यांकभन्दा धेरै रहेको बताउँदै आएका छन्।

महामारीको समयमा मृत्यु भएका कतिपय व्यक्तिले परीक्षण नगराएको र सरकारी आँकडामा समावेश नगरिएको विज्ञहरुको बुझाइ छ।

प्रकाशित: ७ पुष २०७९ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =