बिहीबार एकै दिन १७ जनामा कोभिड संक्रमण देखियो

हिमाल प्रेस ९ चैत २०७९ २०:४५
8
SHARES
बिहीबार एकै दिन १७ जनामा कोभिड संक्रमण देखियो

काठमाडौँ– नेपालमा कोभिड भाइरसको संक्रमण बिहीबार बिहीबार (आज) ह्वात्तै बढेको छ। शून्यमा झरेको संक्रमण बिहीबार (आज) एकै दिन १७ जनामा देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) १ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए। चैत ७ गते नौ सय ९ र चैत ८ गते १ हजार ३ सय ८७ जनामा कोभिड परीक्षण गराइएको थियो।

सक्रिय संक्रमित पनि बढेको पाइएको छ। बिहीबार (आज) ३० जना सक्रिय संक्रमित रहेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोभिड भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।

‘भारतमा संक्रमण बढिरहेको छ। भारतबाट संक्रमित नेपाल आइरहेका छन्,’ उनले भने, ‘हिजोमात्र सीमानाकाबाट सात संक्रमित नेपाल आएका छन्।’ उनले खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए। उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे।

मन्त्रालयले कोभिड भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

प्रकाशित: ९ चैत २०७९ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =