कोभिड संक्रमित एक जनाको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८० १९:०६
20
SHARES
कोभिड संक्रमित एक जनाको मृत्यु

काठमाडौँ– कोभिड संक्रमित एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीकाअनुसार सोमबार कोभिड संक्रमित ती व्यक्तिको मृत्यु भएको हो।

सोमबार १ सय ४ नयाँ संक्रमित थपिएका हुन्। ५ सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा अहिले कोभिड संक्रमित ३४ आइसोलेशन, ७ जना आइसीयु र ३ जना भेन्टिलेटरमा रहेका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ७९ रहेका छन्।

राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोभिडको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिएकी छन्।

‘हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले ३ लाख मात्र मौज्याद छ। बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ,’ परिवार कल्याण महाशाखाअन्र्तगत बालस्वास्थ्य तथा खोपसेवा शाखाको प्रमुख डा. अभियान गौतमले भने।

खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन उनले आग्रह गरे।

प्रकाशित: ४ वैशाख २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =