लिटरेचर फेस्टिभलमा खुकुरी रमको सांगीतिक प्रस्तुति

हिमाल प्रेस ६ पुष २०७९ १०:३५
6
SHARES
लिटरेचर फेस्टिभलमा खुकुरी रमको सांगीतिक प्रस्तुति

काठमाडौँ- पोखरामा आज बेलुकादेखि सुरु हुने ‘१०औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गरेको छ।

फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औँ स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ।
योञ्जनका गीतको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिने छ। योञ्जनले पोखरामै लामो समय लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए।

लिटरेचर फेस्टिबलकासबै सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गरेको छ।
पुस ११ गतेसम्म चल्ने फेस्टिभलमा ५० भन्दा बढी सेसन र सांगीतिक साँझ राखिएका छन्।

प्रकाशित: ६ पुष २०७९ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =