चिसोका कारण सर्लाहीमा दुई जनाको मृ्त्यु

हिमाल प्रेस ६ पुष २०७९ ७:४८
6
SHARES
चिसोका कारण सर्लाहीमा दुई जनाको मृ्त्यु प्रतीकात्मक तस्बिर।

सर्लाही- चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर नगरपालिका–९ पिटारीटोलका एक जना र वडा नम्बर लक्ष्मीपुरका एकजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय राजेन्द्र चौधरी र ८० वर्षीय रामगत माझी रहेका छन्। राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको थियो। तर स्थानीयले मंगलबार मात्र खबर गरेका थिए। उनलाई रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

यस्तै माझीको पनि ४ गते नै मृत्यु भएको थियो। प्रहरीलाई भने स्थानीयले मंगलबार दिउँसो खबर गरेका थिए।

उनको पनि श्वासप्रश्वासमा देखिएको समस्याका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ पुष २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =