कांग्रेसको संसदीय दलमा चुनाव आज, बिहान ८ बजेबाट मतदान

हिमाल प्रेस ६ पुष २०७९ ७:०६
8
SHARES
कांग्रेसको संसदीय दलमा चुनाव आज, बिहान ८ बजेबाट मतदान

काठमाडौँ- कांग्रेसको संसदीय दलको चुनाव आज हुँदैछ। मतदान बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।
संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार छन्।

दलको नेतामा निर्वाचित हुन देउवा र थापा दुवैले आफ्नो समूहको भोट सुरक्षित गर्ने र अर्को समूहको भोट तान्ने रणनीति अपनाएका छन्।

निर्वाचन समितिले ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको  । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५१ प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ ।

देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ। संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीलाई राजनीतिमा रूपान्तरणको सन्देशका रुपमा पनि लिइएको छ। गगनलाई नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, देउवाकै समूहबाट महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतको साथ छ।

प्रकाशित: ६ पुष २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =