प्रदेश १ का सांसदलाई ११ गते शपथग्रहण गराइने

हिमाल प्रेस ५ पुष २०७९ १९:३२
6
SHARES
प्रदेश १ का सांसदलाई ११ गते शपथग्रहण गराइने

इटहरी– प्रदेश १ प्रदेशसभाका सांसदहरूको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार (आज) एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन्।

प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे शपथग्रहण हुने सचिवालयले जनाएको छ । जारी सूचनामा भनिएको छ, ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु।’

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

प्रकाशित: ५ पुष २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =