सत्ता समीकरण र सरकार निर्माणमा भारतीय चासो

हिमाल प्रेस १० मंसिर २०७९ १९:४८
22
SHARES
सत्ता समीकरण र सरकार निर्माणमा भारतीय चासो भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवा।

काठमाडौँ– निर्वाचनको मत परिणाम पूर्ण रूपमा आइनसक्दै छिमेकी भारतले नेपालकाे भावी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकाे छ।

भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा भारतीय चासो प्रकट गरेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे मुलुकभित्र नै अन्यौल बढिरहँदा भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री देउवा भेट्न हिजो शुक्रबार साँझ बालुवाटार पुगेका थिए।

उनीहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन, सत्ता समीकरणलगायतमा छलफल भएको थियाे। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भारतीय राजदूतले भेटेको पुष्टी गरे।

‘भेटमा अहिलेको राजनीतिक अवस्था, सरकार निर्माण, मत परिणाम लगायत समसामयीक विषयमा छलफल भयाे,’ सुवेदीले स्पष्ट पारे।

सरकार गठन र सत्ता समीकरण जस्ता महत्त्वपूर्णा विषयमा भारतीय चासो रहेको भए पनि प्रधानमन्त्री देउवाले मतपरिणाम आएपछि मात्र त्यस्ता विषयमा छलफल हुने बताएका थिए।

सत्तागठबन्धनबाट बहुमत ल्याउने दाबी गरेका देउवा त्यसमा चुकेपछि आउँदो राजनीतिक घटनाक्रमबारे के गर्ने, कसो गर्ने भनेर अलमलमा छन्।

यहीबीचमा श्रीवास्तवले सत्ता समीकरण र समसामयिक राजनीतिबारे देउवालाई प्रश्न गरेपछि उनले मत परिणाम पूर्णरूपमा आइसकेपछि मात्र यसमा छलफल अघि बढाउने बताए।

राजदूतलाई भेटेको भोलिपल्ट बिहान नै देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सरकार निर्माणबारे छलफल गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =