हुम्ला (ख) बाट कांग्रेसका जीवन शाही विजयी

हिमाल प्रेस १० मंसिर २०७९ १४:५८
6
SHARES
हुम्ला (ख) बाट कांग्रेसका जीवन शाही विजयी

सुर्खेत– हुम्लामा प्रदेशसभा (ख) मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही विजयी भएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही ४ हजार ७७ मतको अन्तरका साथ प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका हुन्।

शाहीले ७ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिपर्धी नेकपा एमालेका छक्कबहादुर लामाले दुई हजार ९७९ मत ल्याएका छन्।

यस्तै राप्रपाका नैनसिह रावतले ९८ मत ल्याएका छन्। राप्रपा नेपालका सुमन रावतले २१ मत ल्याए भने जसपाका बलिराज शाहीले ४१ मत प्राप्त गरेका छन्। हुम्ला (ख) मा जम्मा १० हजार ३ सय १४ मत खसेको थियो।

प्रकाशित: १० मंसिर २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =