सर्लाही ४ : कांग्रेसका बागी उम्मेदवार सिंह निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ २१:२८
16
SHARES
सर्लाही ४ : कांग्रेसका बागी उम्मेदवार सिंह निर्वाचित

सर्लाही– सर्लाही ४ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश सिंह निर्वाचित भएका छन्। सत्तागठबन्धनबाट कांग्रेका उम्मेदवार रहेका नागेन्द्रकुमार साहलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। सिंह १६ हजार ६ सय ८४ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिष्पर्धी साहले १५ हजार ३ सय ३ मत प्राप्त गरे।

पार्टी सभापति शेरबहादुर देउवाले सिंहलाई निर्वाचनका लागि टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। बागी उम्मेदवारी दिएका सिंहलाई पार्टीले निर्वाचनको केही दिनअघि कारबाही गरेको थियो।

पार्टीको १४ औं महाधिवेशनपछि सभापति देउवासँग उनको सम्बन्ध बिग्रिएको छ।

प्रकाशित: ८ मंसिर २०७९ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =