काठमाडौँ ७ मा पनि स्वतन्त्र पार्टीको जित, गणेश पराजुली विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १४:१९
4
SHARES
काठमाडौँ ७ मा पनि स्वतन्त्र पार्टीको जित, गणेश पराजुली विजयी

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्‍यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् । काठमाडौँ ७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =